वि.सं:
नेपाल संवत: ११४६ थिंलागा द्वादशी - २७
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतका शिक्षा, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गगता भएका व्यक्ति लैङ्गिक तथा यौनिक, सिमान्तकृत, लोपोन्मुख र अल्पसंख्यक, युवा तथा खेलकुद लगायतका क्षेत्रहरूमा प्रदेश सरकारको नीति र कार्यक्रमहरूको कार्यान्वयन गर्ने, प्रदेशका नागरिकहरूको जीवनस्तर सुधार गरि समावेशी समाज निर्माण गर्न र सामाजिक न्याय सुनिश्चित गर्न विभिन्न आयोजना, योजनाहरू र कार्यक्रमहरूको कार्यान्वयन गर्ने उद्देश्यका साथ तत्कालिन व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, हेटौंडा र व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, गजुरी समेतलाई समायोजन गरी बागमती प्रदेशका ४ मुख्य स्थानहरु हेटौंडा, गजुरी, ललितपुर र काभ्रेमा समाजिक विकास कार्यालय स्थापना गर्ने निर्णयानुरुप यस सुन्दर औद्यौगिक नगरी हेटौडामा आ.व. २०८१/०८२ को श्रावण देखि बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने गरी सामाजिक विकास कार्यालय, हेटौंडा, नेपाल (Social Development Office, Hetauda, Nepal) को स्थापना भएको हो । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं. ८ कमानेमा साविकको व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको कार्यालय भवनबाट सेवा दिदैं आएको छ । हाल यस कार्यालयमा जम्मा २३ दरबन्दी स्वीकृत भई कर्मचारीको पदपुर्ति भएको छ ।यस कार्यालयले बागमती प्रदेश भित्रका ३ भित्रि मधेशका जिल्ला (मकवानपुर, चितवन र सिन्धुली) का १ महानगरपालिका, १ उपमहानगरपालिका, ८ नगरपालिका र १६ गाउँपालिका गरि जम्मा २६ स्थानीय तह, सेवाक्षेत्र भित्र कार्यक्रम सञ्चालन गर्दै आएको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, हेटौंडा, युवा तथा खेलकुद मन्त्रालय, हेटौंडा, स्वास्थ्य मन्त्रालय, हेटौंडाबाट विनियोजित भई आएका बजेट र कार्यक्रमहरूको पनि यस कार्यालयद्वारा कार्यान्वयन हुँदै आएको छ ।